जीवन उपयोगी शिक्षामा गाेरखा मोडेल कलेज

देव राज कँडेल
तुलसीपर,२६ भदाै ।  
तुलसीपुर उपमहानगरपालिका वडा न.६ अवस्थित गोरखा ग्रुप दाङ द्वारा संचालित गोरखा मोडेल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बि.बि.एस (ब्याचलर अफ बिजनेस स्टडिज) कार्यक्रमबाट पठनपाठन सुरु गरि छोटो समयमै आफूलाई उत्कृष्ट नमुना म्यानेजमेन्ट कलेजको रूपमा स्थापित गर्न सफल भएको छ । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरू विभिन्न क्षेत्रमा आफुलाइ उत्कृष्ट रुपमा उभ्याउन सफल भएका छन् । विद्यार्थीहरूले आफ्नै पहलमा उद्यमशीलता सुरु गरेका छन र विभिन्न पेसागत क्षेत्रमा संलग्न विद्यार्थीहरूले पनि उच्चतम सफलता हासिल गरिरहेका छन् । 

आजको आवश्यकता र विद्यार्थीहरुको मनोभावना अनुसार अध्यापन गर्ने कलेजको रुपमा गोरखा मोडेल कलेजलाई विकास गर्दै लैजाने उद्देश्य रहेको छ । विद्यार्थीको अन्तर्निहित क्षमता पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग गर्नु कलेजको उद्देश्य रहेको क्याम्पस प्रमुख पूर्णबहादुर डाँगीको भनाइ छ । क्रेडिट कोर्षहरुसँगै जीवनोपयोगी सीपमूलक तालिमका कार्यक्रमहरूलाई पाठ्यक्रमको अभिन्न अङ्गको रुपमा सञ्चालन गरिरहेको छ । विद्यार्थीहरूलाई बढीभन्दा बढी व्यक्तित्व र नेतृत्व विकासका कार्यक्रमहरूमा सरिक बनाइएको छ । 

उनीहरूलाई स्वावलम्बी र पढाइसँगसँगै कमाइ को कार्यलाइ अगाडि बढाउन प्रेरित गरिरहेको छ । विद्यार्थीलाई विषयगत ज्ञान सँगसँगै प्रयोगात्मक अभ्यासमा बढी केन्द्रित गराउनुको साथै शैक्षिक भ्रमण,प्रोजेक्ट कार्य ,औद्योगिक अवलोकनको माध्यमबाट अध्ययन र अनुसन्धानलाई सँगसँगै बढाउदै आएको छ । आजको प्रतिस्पर्धात्मक विश्व बजारमा सफल हुन सक्ने ज्ञान, सीप, अनुभवहरू कलेजले प्रदान गरेको छ । हालसालै गोरखा मोडेल कलेज र तुलसीपुर उद्योग वाणिज्य संघ बिच आपसी सहयोगको लागि एक कार्यक्रमका विच मनसाय पत्रमा दुवै पक्ष बिच हस्ताक्षर भएको छ । यस सम्झौता पत्रको लक्ष्य विद्यार्थीहरुमा दिगो रुपमा उद्यमशिलताको विकास गराउनुको साथै तुलसीपुर उद्योग वाणिज्य संघ लाइ आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनु रहेको छ । 

उद्यमशिलता र व्यापार व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन गरि विद्यार्थीको सिप र दक्षता अभिवृद्धि गर्नुका साथै तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध जुनसुकै व्यवसाय तथा उद्योगलाइ आवश्यक पर्ने दक्ष जनशक्ति गोरखा मोडेल कलेजले बि.बि.एसमा अध्ययनरत विद्यार्थीहरुको सिप र ज्ञान अनुसार उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । कलेजमा भर्ना हुन आउने विद्यार्थीको लोभ लाग्दो आकर्षण बढ्दै गएको छ ।कलेज व्यवस्थापन, शिक्षक एवम् विद्यार्थीहरूको अत्यन्त न्यानो पारिवारिक वातावरणमा पढाई लेखाई हुने गर्छ ।


गोरखा मोडेल कलेजमा प्रत्येक विद्यार्थीका अन्तर्निहित क्षमता पत्ता लगाई त्यहि आधारमा अगाडि बढ्न सहज भएको छ । कलेजले नियमित शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक अभ्यासमा विशेष जोड दिदै विद्यार्थीलाई ‘रियल लाइफ स्किल’ मा बढी फोकस गर्दै आएको छ । विश्वविद्यालयको नतिजामा पनि कलेज अब्बल रहेको छ । प्रत्येक वर्ष यस जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्न कलेज सफल भएको छ ।अनुभवी, दक्ष र प्रतिष्ठित प्राध्यापकहरूबाट शिक्षण सिकाई क्रियाकलाप हुँदै आएको छ । कलेजका ग्रेजुएटहरु बैंक, व्यवसाय , उद्योग ,इन्सुरेन्सलगायत स्कुलहरूमा पेसागत रुपमा सफलता पाइरहेको कलेजका क्याम्पस प्रमुख डाँगीले बताए । केहि विद्यार्थीहरू आफैँले उद्यमशीलता सुरु गरेका छन् ।कलेजले विद्यार्थी अभिमुखीकरण कार्यक्रम अन्तर्गत नियमित रूपमा लेखा तथा कर सम्बन्धि तालिम, प्रस्तुति कला,वित्तीय साक्षरता, डिजिटल मार्केटिङ, अडिटिङ लगायतका विधामा सिपयुक्त तालिमहरु सञ्चालन गर्छ । 

पाठ्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाई रोजगारी र जीविकोपार्जनसँग जोड्न सकियो भने विद्यार्थीहरूले नेपालमै अवसरहरू देख्न थाल्ने क्याम्पस प्रमुखको भनाइ छ ।क्याम्पसले हरेक वर्ष विभिन्न अभिमुखीकरण कार्यक्रम गर्नुका साथै फेस्टिभल कार्यक्रम, वार्षिक खेलकुद सप्ताह जस्ता कार्यक्रम सन्चालन गर्दै आएको छ ।