प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

तुलसीपुर, १२ माघ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले दाङको पर्यटकीय स्थल पाण्डवेश्व धारपानी मन्दिरको अवलोकन गर्नुभएको छ । शनिबार दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित मन्दिर अवलोकन गर्नुभएको हो । मोर्निङ वाक गर्दै प्रचण्ड धारपानीको अवलोकन गर्नुभएको हो ।


उक्त मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको छ । साथै मन्दिर तीन सय बर्ष पुरानो रहेको छ । सोही क्रममा प्रचण्डले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराउनुभएको थियो । साथै सोही क्रममा प्रचण्डले स्थानीयसंग पनि भेटघाट गर्नुभएको थियो ।