सरकारले माओवादीको गल्ति खोजिरहेको छ, तर भेटाएको छैन : प्रचण्ड

दीपक बोहरा
दाङ, ११ माघ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बर्तमान सरकारले माओवादीको गल्ती खोजि गरिरहेको बताएका छन् । शुक्रबार पार्टीको तुलसीपुर नगर कमिटिको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई सम्बोधन गर्दै गल्ती खोजी गरेपनि नभेटिएको प्रचण्डले बताए ।“ हाम्रा गल्तीहरु खोज्न अनेक षडयन्त्र गरिदैछ”,उनले भने“तर, भेटिनेवाला छैन ।”

नविराउनु, नडराउनु भन्ने उखान भएजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको कुरा प्रमाणित भएको समेत प्रचण्डले बताए । आफूले प्रधानमन्त्री हुँदा नै अनुन्धान गर्ने सबै संयन्त्रलाई यदि आफूमा पनि केही गल्ती भेटिए अनुसन्धान गर्नुस्, भनेको भन्दै यस्तो भन्ने इतिहासमै पहिलो प्रधानमन्त्री हुने अबसर प्राप्त गरेको समेत बताए ।“मैले प्रधानन्ी हुँदा नै प्रचण्ड नै दोषी देखिन्छ, भने पनि नछोड्नुस्, भनेको थिएँ”,उनले भने“ प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैलाई कारवाही गर्नुस्, भनेर प्रहरीलाई निर्देशन गर्ने पहिलो प्रधानमन्त्री हो ।” आफूले नविराएमा डराउनु पर्ने अबस्था नरहेको उनको भनाई छ । तर, आफू प्रधानमन्त्री हुँदा मुलुकको ब्याप्त भ्रष्टाचार, वेथिति, अनियमिततालाई अन्त्य गर्ने गरि अगाडी बढ्दा नै सरकार ढल्ने अबस्था आएको बताए ।“ आफू ३२ सिट छ, एमाले काँग्रेस जस्ता हात्ति पार्टीलाई नै घुमाको छ, घुमाको छ, अझ हामी माथि नै कारवाहीको डन्डा चलाउने भनेर थरथर कामे ”,प्रचण्डले भने“ त्यही कारणले सरकार ढल्यो ।”

साथै उनले लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको कुनै पनि देशमा नदेखेको भन्दै माओवादीका विरुद्ध लोकतन्त्रको मर्म विपरित सरकार बनेको समेत बताए । यो एमालेको नेतृत्व र काँग्रेसको नतृत्व भित्र पैदा भएको डर रहेको समेत बताए ।“ फरार अभियुक्त,भ्रष्टाचारीहरुलाई पक्राउ गरेको ग¥यौ गर्न थाल्यौ”,उनले भने“त्यसपछि अब हाम्रो पालो आयो भन्ने देखेँ र उनीहरुले सरकार ढाले ।” तर, जनताले कुन सरकार जनमैत्री थियो, भन्ने कुरा बुझिसकेको बताए ।

साथै उनले यो सरकार असंबैधानिक पनि रहेको बताएका छन् । ठूलो दलको हैसियतले ७६(३) अनुसार काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुपर्नेमा राष्ट्रपतिलाई महाअभियोग लगाएर निकाल्ने धम्की दिएपछि एमाले अध्यक्ष केपी ओलीलाई बनाउन बाध्य बनाएको बताए । यद्यपी राष्ट्रपतिलाई संविधान मिच्ने कुराको सचेत रहेको कुरा प्रचण्डले खुलाए । तर, महाअभियोग लगाउने भनेर धम्क्याए पछि केपी ओलीलाई नै बनाउन बाध्य भएको एमाले–काँग्रेसकै नेताहरुले बताउने गरेको प्रचण्डको भनाई छ ।


साथै प्रचण्डले २०६४ मा जस्तो मत आएको थियो, त्यो मत आएमा माओवादी पहिलो पार्टी बन्ने बताए । पहिलो पार्टी बनेमा भ्रष्टाचारको जरा उखेलेर फाल्ने तथा सामाजिक विभेदको अन्त्य गरि आर्थिक विकास र रोजगारीको नयाँ युग तर्फ लैजाने बताए । “०६४ यता हाम्रा पनि केही गल्ती भए, ति गल्ती हामी सच्चाउछौं”,उनले भने“ अब हामीले ०६४ जस्तै मत पाएमा भ्रष्टाचार र सामाजिक विभेद अन्त्य गरि मुलुकलाई आर्थिक विकास तर्फ लैजाने छौं, यसमा तपाईले विचार गरिदिनुपर्छ, न्यायाधीश तपाई नै हो ।”

नगर अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमा पार्टीका स्थायी कमिटि सदस्य रेखा शर्मा,केन्द्रीय सदस्य जगप्रसाद शर्मा, धनबहादुर मास्कीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष तुलाराम भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकर सचिब शशिकिरण ढकालले गरेका थिए ।

तस्बिरहरु हेर्नुहोस्ः