दंगीशरणमा १४ औं जेष्ठनागरीक दिवस सम्पन्न

दंगीशरण,११ पुस ।
जेष्ठ नागरीक दंगीशरणले १४ औं जेष्ठ नागरीक दिवस दंगीशरणको हेकुलिमा एक कार्यक्रमको आयोजनागरी मनाएको छ । जेष्ठ नागरिक दंगीशरणका अध्यक्ष टिका बहादुर डाङ्गिको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा १४ औ जेष्ठ नागरीक दिवस मनाइएको हो । जेष्ठ नागरीक दिवसको अवसरमा ८७ बर्षिय तेजनिधि अधिकारी,र ८६ बर्षकी राधादेवी पौडेललाई समान समेत गरीएकोछ ।

जेष्ठनागरीक दिबसका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले लोकतन्त्र र प्रजातान्त्रको स्थापना पछी सामाजिक सुरक्षा भत्ता एकल महिला भत्ता र अपाङ्गता भत्ताको शुरुवात भएको बताए ।

अध्यक्ष गिरीले आफु निर्वाचित भएको पहिलो निर्णयनै जेष्ठ नागरीकको स्वास्थ्य परीक्षणमा ल्याबको शुल्क निःशुल्क गरेकोसमेत बताए । त्यस्तै सामाजिक सुरक्षा भत्ता वडा वडामा पुर्याएजो र बिकाशको नाममा भौतिक पुर्वाधरको बिकाशलाइ मात्र नसमेटेर मानविय बिकासको सवाललाई उत्तिकै महत्त्वकासाथ अगाडि बढाएको बताए । जेष्ठ नागरीकलाई आवस्यकपर्ने समाग्रीमा पालिकाले कुनै कन्जुस्याइँ नगर्ने बताउने गिरीले आवश्यक परे थप जेष्ठनागरीक भवन समेत निर्माणगर्ने प्रतीबद्दता ब्यक्तगरे । जेष्ठ नागरीक मानवरुपि भगवान रहेकाले सवैले जेष्ठ नागरीकको सम्मान र माया गर्नुपर्ने उनको भनाइथियो ।


सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले जेष्ठनागरीकहरुलाई सवैले माया र सम्मान गर्नुपर्ने बताइन ।भोलि आफुपनि सोहि उमेरसमुहमा जानुपर्ने कुरा सम्झि जेष्ठनागरीकको असल पालन पोषणमा ध्यानदिनुपर्ने उनको भनाइथियो ।यस्तै उपाध्यक्ष खड्काले जेष्ठ नागरीक अनुभवको पुन्जि ज्ञानको भण्डार र सष्कारको संरक्षक रहेकोसमेत बताइन ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी ,वडा नं. ४ का वडा अध्यक्ष कमल थारु ,जेष्ठ नागरीक सदस्य नारायण प्रसाद न्यौपाने,जेस्ठ नागरिक दिवा सेवा भवनका सस्थापक राम बहादुर कवर ,खिम बहादुर थापा ,वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष नेव बहादुर कवर,लगायतले आ–आफ्नो भनाइ राखेका थिए । पार्वता कडेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण तिलक बहादुर डाङ्गिले गर्नुभएकोथियो ।