हेटौंडा–१२ मा खस्यो ६५ प्रतिशत मत

हेटौंडा, १६ मंसिर ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि भइरहेको मतदानमा ६५ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार त्यहाँ ८ हजार ५३ मतदाता रहेका छन्।

अहिलेसम्म ५ हजार २ सय ९२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। त्यहाँ ६ राजनीतिक दलसहित ३ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।


वडाध्यक्षमा नेकपा (एमाले) बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, नेकपा (माओवादी केन्द्र) बाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र नेकप (एकीकृत समाजवादी) बाट बलराम बल उम्मेदवार छन्।

त्यस्तै अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।