गेहेन्द्र गिरीको जग्गामा मोही हक

तुलसीपुर, १५ कात्तिक । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको गेहेन्द्र गिरीको जग्गामा मोही हक कामय हुने फैसला भएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीको ३ विघा १० कठ्ठा जग्गामा मोही हक कामय हुने गरि भुमिसुधार तथा मालपोत कार्यालय दाङले फैसला गरेको छ ।

उक्त जग्गामा मोहीयानी हककालागि लामो समय मुद्दा चलिरहेको थियो । त्यसले गर्दा पनि सोही जग्गा लामो समयदेखि खाली छ । बजार भित्रकै जग्गामा कुनै संरचना बनिरहेका छैनन् ।

यद्यपी यो फैसला अमानबिय, अन्यायपुर्बक भएको गिरीको भनाई छ । सञ्चारकर्मीसंग कुरा गर्दै गिरीले आफ्नो मुद्धा हेर्दै आएका अधिबक्ता भरतमणि न्यौपाने वुवाको काजकिरियामा रहेको अबस्थामा फैसला गरेको भन्दै यो गलत भएको बताएका छन् । काजकिरियामा बसेको अबस्थामा मुद्दाको पेसि सारिदिन न्यौपानेले लेखेको लिखित पत्रमा समेत बेवास्ता गरेको गिरीको भनाई छ ।


अड्डाले नै २०५८ साल तिर मोहियानी लगत कट्टा गरि सकेको अबस्थामा जग्गा दलालहरुले विभिन्न बहानामा बर्दिया बसाई सराइ गएका मोहियानी हक भनिएको उनको भनाई छ । ती ब्यक्तिको वारेस बनाई २०७३ सालमा नक्कल सार्ने नाममा चलखेल गरेको गिरिको भनाई छ ।

भुमिसुधारको फैसला चित्त नबुझे ३५ दिन भित्र अदालतमा पुनराबेदन गर्न सकिने कानुनि ब्यबस्था रहेको छ । कार्यालय प्रमुख देबि भण्डारीले भने किसानको पक्षमा आफुले फैसला गरेको र चित्त नबुझे अदालत जान आग्रह गरे । उनले ७(८ बर्षदेखि चलिरहेको मुद्धाको छिनोफानो गर्नुपर्ने अबस्था भएकाले अङ्ग पुर्याएर पेशी राखीएको र फैसला ठोकिएको बताए ।