माओवादी केन्द्र तुलसीपुर ५ ले कार्यालय भवन निर्माण गर्ने

तुलसीपुर
२० मंसिर / नेकपा माओवादी केन्द्र तुलसीपुर ५ ले कार्यालय भवन निर्माण गर्ने भएको छ ।

पार्टीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीका अनुसार गोविन्द प्रसाद बस्यालले प्रदान गरेको जग्गामा कार्यालय भवन निर्माणकालागि सहयोग रकम संकलन गर्ने निर्णय भएको छ ।


अबका बैठकहरु आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष वलीले बताए । वडा पार्टीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । वडालाई चलायमान बनाएर लैजाने समेत उनले बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा वडाबाट पार्टीलाई विजयी बनाउने लक्ष्य रहेको भन्दै सोही अनुसार गतिबिधि अघि बढाएको अध्यक्ष वलीको भनाई छ ।