सम्बन्ध विच्छेद गर्दा कीर्ते गरेका सांसद केसी ३३ बर्षपछि जेल चलान

तुलसीपुर, २३ भदौ । कीर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्वको प्रदेशसभा (२) बाट निर्वाचित केसीलाई ३३ वर्ष अघि नै जिल्ला अदालत रुकुमले कीर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, उनी फरार थिए । फरार सूचिकै अबस्थामा २०७९ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार भइ विजयी भएका थिए ।

अदालतले दोषी ठहर गरेका ब्यक्ती प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि आईतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो । उनलाई श्रीमतिसंगको अंश मुद्दामा कीर्ते गरेको भन्दै २०४८ असार ९ गते नै अदालते एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।
तर, पनि उनले लामो समयसम्म कैद भुक्तान गरेका थिएनन् । कैद भुक्तान नभएपछि २०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो । लुम्बिनीमा काँग्रेसका १७ सिट हो ।


उनी अमेरिका पठाउने ब्यबसायीका रुपमा पनि चर्चित थिए । दाङमा लोकेन्द्र विष्टमगरसंग ड्रागण फ्रुट खेति गर्ने ब्यबसायी साझेदार पनि थिए । तर, अहिले उक्त खेति डिबीले एक्लौटी बनाएका थिए ।