दाङमा पहिरोले घर भत्कियो, दुई जना घाइते, ७ चौपाय मरे

तुलसीपुर, २१ भदौ । दाङमा पहिरोले घर भत्किदा दुई जना घाइते भएका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ लामिदमार निवासी ६१ को नन्दलाल भण्डारीको २ तले कच्ची घर पहिरोले भत्काउँदा नन्दलाल र उहाँकी ६० बर्षीया श्रीमति डल्ली भण्डारी घाइते भएका हुन् ।

दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


दुबै जनाको ढाड र दुवै हात खुट्टामा चोट लागेको छ । साथै घरमा रहेका १२ वटा बाख्रा मध्ये ७ वटा च्यापिएर मृत्यु भएको प्रहरीले बताएको छ । सोही घरमा बुढा बुढि मात्र बस्ने गरेका थिए ।

भत्किएपछि सोही घरमा बस्न नमिल्ने भएको छ । शुक्रबार विहान साढे १ बजेतिर पहिरोले घर भत्काएको हो ।