सहयोगी सहकारीको १४ औ साधारणसभा हुने

तुलसीपुर,२१ भदाै । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारणसभा तुलसीपुरमा हुने भएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब दुर्गा प्रसाद शर्माले एक सूचना जारी गर्दै यहि भदौ २९ गते तुलसीपुरको समिक्षालय हलमा साधारणसभा गर्न लागेको जानकारी दिनुभएको छ ।

मिति २०८१ चैत्र ५ गते बसेको संचालक समितिको ९औं बैठक निर्णय अनुसार १४औं वार्षिक साधारणसभामा कार्यसुची बमोजिम छलफल गरी निर्णय गर्नका लागि सहकारी ऐन २०७४, संस्थाको विनियम २०७८ ९संशोधनसहित० र संस्थाको साधारणसभा संचालन कार्यविधि बमोजिम सम्पूर्ण शेयर सदस्यहरु , पत्रकार , बुद्दिजिबी , सरोकारवाला लगाएत सबैलाई उपस्तिथीका लागि सचिब शर्माले अनुरोध गर्नुभएको छ ।


त्यस्तै साधारण सभामा उपस्थितिको लागि शेयर सदस्यले जम्मा गर्नुपर्ने नियमित बचत, बुझाउनु पर्ने ऋणको व्याज तथा किस्ता नियमित बुझाएको हुनु पर्ने अध्यक्ष डिलाराम बिस्टले बताउनुभयो ।

साथै उक्त साधारण सभामा सकृय सहभागिता जनाउने शेयर सदस्यहरुलाइ निशुल्क गोलाप्रथाद्वारा आकर्षक भाग्यशालि उपहार प्रदान गरिने साधारण सभा तयारी समितिका संयोजक एबम संस्थाका उपाध्यक्ष लाल बहादुर के सीले जानकारी दिनुभयो ।