पर्यावरणीय दिगो विकासद्वारा सचेतना कार्यक्रम

तुलसीपुर, २१ भदौ । पर्याबरणिय दिगो बिकास एबंम अनुसन्धान केन्द्र नेपालको आयोजनामा १६ औ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिबसका अवसरमा कार्यक्रम गरेको छ ।

बुधबार संस्थाका कार्यबहाक अध्यक्ष जितलाल चौधरीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिकाका आर्थिक संयोजक तथा वडा नं. १८ का अध्यक्ष माधब वलीको प्रमुख आथित्यता तथा सबडिभिजन बन कार्यालयका अधिकृत ईश्वरी बस्नेत र बिसिएनका भुपाल नेपालीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।


ंस्थाका सदस्य बालिका तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर १७,१८,१९ का ११ वटा माबि का २१ जना छात्र–छात्रले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसको निर्णायक मण्डलमा डिल्लिराज अधिकारी, रबि सिएन का जीव बिज्ञ दिलिप चन्द थिए ।
जसमा प्रथम हेमन्तापुर लक्ष्मि माबि हेमन्तापुरका रक्षा खड्का, द्धितियमा शान्त्वना शर्मा, तृतियमा जनकल्याण माबिका धन्याल बस्नेत छन् । प्रथम हुनेलाई रु ३०००, द्धितियलाई रु २००० र तृतिय हुनेलाई रु १००० र प्रमाण पत्र प्रदन गरिएको थियो । कार्यक्रमको सहजीकरण अधिकृत साधना शर्माले गरेकी थिइन ।