नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

दाङ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिएका हुन् ।
सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।