दाङमा गोरुलाई ठक्कर दिएर अनियन्त्रित भएको बसले मान्छेलाई ठक्कर दिदा मृत्यु

दाङ
१९ मंसिर / दाङमा बसको ठक्करबाट एक ब्यक्तीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार दूध बेचर घर फर्किदै गरेका लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी ५५ बर्षीय रामचरण चौधरीको आज बसको ठक्करबाट मृत्यु भएको हो ।


पूर्व–पश्चिम राजमार्ग अन्तरगत बन्गंै जंगल क्षेत्रमा पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले विहान सवा ६ बजेतिर ठक्कर दिदा गम्भीर घाइते भएका चौधरीको उपचारकालागि लमही लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गोरुलाई ठक्कर दिएर अनियन्त्रित भएको बसले चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।