आज देशका केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ ।
देशका केही स्थानमा शुक्रबार सामान्यदेखि भारी वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।


बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बैतडीमा बिहान भारी वर्षा भएको छ। पछिल्लो चार घण्टामा बैतडीको सिद्धापुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने सम्भावना रहेकाले ती क्षेत्र बग्ने नदीतट आसपास बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।