मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदा तीन जना घाइते

तुलसीपुर, २० साउन । दाङको बागरमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ३ हेकुलीका २७ बर्षीय आरएन चौधरी, सोही ठाउँका १६ बर्षीय राज चौधरी र पैदल यात्री दंगीशरण – ६ की ४५ बर्षीया डम्मरकुमारी परियार रहेका छन् ।

पैदल यात्री परियारलाई तुलसीपुरको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । अन्य दुई जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।


घाइते तीनै जनाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

घाइते सबैलाई हात खुट्टा र अनुहारमा चोट छ ।

आइतबार बेलुका ८ बजेतिर दंगीशरण – ६ बागरमा तुलसीपुर तर्फ आउँदै गरेको बा प्र ०२ – ०४७ प ७९७८ नम्बरको मोटरसाइकलले पैदल यात्री परियारलाई ठक्कर दिदा तीन जना घाइते भएका थिए ।