कमलपोखरी योग साधना केन्द्रले गुरु पुर्णिामा मनायो

तुलसीपुर, ६ साउन । कमलपोखरी योग साधना केन्द्र रजौरा दाङले आईतबार गुरु पुर्णिामा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग गुरु निल प्रसाद सापकोटाले गुरुपुर्णिमाको महत्व र सान्दर्भिकताको बारेमा चर्चा गरेका थिए ।


आजभोली गुरु सिश्यको सम्बन्ध कमजोर हुँदै गैरहेको समयमा गुरु भक्ती अझ प्रगाढ बनाउने बताउदै मनभित्रको अन्धकार हटाउदै उज्यालो तर्फको यात्रामा लाग्न यस्ता कार्यक्रमको भूमिका रहने उनको भनाई थियो ।

सो अबसरमा सालिक्राम रजौरे, झग्गु प्रसाद पोख्रेल र बामदेव बिष्ट लगायेतले आफ्नो बिचार राखेका थिए ।