दाङमा बबई नदी तर्ने क्रममा एक महिला बेपत्ता

दाङ, १९ असार । दाङमा बबई नदीले बगाउँदा एक महिला वेपत्ता भएकी छन् । विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हो ।

बुधबार विहान ४ बजेतिर बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनको खोजी कार्य जारी राखिएको छ । दाङमा नियमित बर्षादले गर्दा नदी तथा खोलाहरुमा पानीको वहाब बढेको छ ।


यो पनि,

शाैच गर्न खाेलामा गएकाे बेला बगाउँदा दाङमा महिलाको मृत्यु