बिज्ञान शिक्षक समाज रोल्पाले गर्यो बृहत् प्रशिक्षण कार्यक्रम

रोल्पा, १० असार ।
बिज्ञान शिक्षक समाज रोल्पाको आयोजना तथा शिक्षा बिकास तथा समन्वय इकाइ रोल्पाको सहकार्यमा बाल कल्याण नमुना मा.बि. लिबाङको सभाहलमा रोल्पा जिल्लामा कक्षा ८,९ र १० मा बिज्ञान तथा प्रबिधि अध्यापनरत करिब १०० जना बिज्ञान शिक्षकहरुका लागि बृहत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बिज्ञान शिक्षा समाज नेपाल रोल्पाका अध्यक्ष नेत्रलाल भट्टराई ( नारायण) को अध्यक्षता, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यको प्रमुख आथित्यता तथा शिक्षा बिकास तथा समन्वय इकाइ रोल्पाका प्रमुख कृष्ण चन्द्र पोख्रेलको बिशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रमका मुख्य प्रशिक्षकको रूपमा पाठ्यक्रम बिकास केन्द्रका बिज्ञान प्रशिक्षक तथा लेखक डा. चिन्तामणी पन्थी रहनु भएको थियो। स्ट्यान जिल्ला उपाध्यक्ष देबि प्रसाद वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचीव मनोज कुमार वलिले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि सीता आचार्यले बिज्ञान शिक्षक समाज रोल्पाको गतिविधि साच्चिकै राम्रो, प्रशम्सनिय र विद्यार्थीहरुको गुणस्तर माथी उठाउने गतिविधि गरेकोमा बधाइ ज्ञापन गर्नुभएको थियो भने बिशिस्ट अतिथि इकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले शिक्षकले चाहे शैक्षिक गुणस्तर माथि उठाउन खासै समस्या नरहेको र शिक्षक अलि जिम्मेवार हुनुपर्ने र पाठ्यक्रमले निर्धारण गरेका हरेक परियोजना कार्य तथा प्रयोगात्मक कार्यलाई शिक्षण सङ्गै लैजानु पर्ने र मूल्याकंनलाई पनि बैज्ञानिक बनाउनु पर्ने बताउनु भयो। प्रमुख प्रशिक्षक डा. चिन्तामणी पन्थीले २ चरणमा पाठ्यक्रममा आधारित भइ आइटम राइटिङ , प्रयोगात्मक तथा परियोजना कार्य कसरी गराउने , कक्षा ८ र कक्षा १० मा कसरी शिक्षण गर्ने? अहिलेको पाठ्यक्रमले के सिकाउन खोजेको ? प्रश्नपत्र कसरी निर्माण गर्ने? परिक्षामा विद्यार्थीको कसरी नतिजा सुधार गर्ने जस्ता बिषयबस्तुमा बृहत् प्रशिक्षण गर्नुभएको थियो। सोही अवसरमा बिज्ञान शिक्षक समाज रोल्पाका बाकी स्थानीय पालिका कमिटी पनि गठन गरिएको थियो। बिज्ञान शिक्षक समाज रोल्पा तथा स्थानीय पालिका समितिले विभिन्न समयमा बिज्ञान हाजिरि जवाफ प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता, शिक्षक तालिम , बिज्ञान प्रदर्सनि लगाएता कार्यक्रमहरु संचालन गर्दै जिल्ला भरिका बिज्ञान शिक्षकलाइ गोलबन्द गर्दै अनुभव, क्षमता आदानप्रदान मार्फत बिज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर माथी उठाउने अभियान थालेको अध्यक्ष भट्टराईले बताउनु भयो।