घोराही उपमहानगर : एमालेले गठबन्धनलाई उछिन्यो

दाङ,१ जेठ ।

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएको गठबन्धनलाई पछिल्लो मतपरिणाम अनुसार उछिन्न सफल भएको छ ।

एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले ७ हजार ४५ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७ हजार १० मत प्राप्त गरेका छन् । चौधरी शर्मा भन्दा ३५ मत अघि छन् । उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार काँग्रेसका भुपबहादुर डाँगी नै अगाडी छन् ।


डाँगीले ७ हजार चारसय ४१ मत प्राप्त गरेका छन्, भने एमालेका उम्मेदवार हुमा डीसीले ६ हजार ७ सय ८७ मत प्राप्त गरेकी छिन् । अहिले घोराहीका ७ वटा वडाको मतगणना भइरहेको छ ।

एउटा वडाको भने अन्तिम मतपरिणाम आइसकेको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ मा गठबन्धनका तर्फबाट काँग्रेसका ज्ञानबहादुर रायमाझीले विजयी हाँसिल गरेका छन् । उनले एमालेका हर्कबहादुर घर्तीलाई पराजित गरेका हुन् । घर्ती यस अघिको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।