तुलसीपुरमा घरभित्रै एक महिला मृत फेला

तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुरमा घरभित्रै एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–७ ग्वारखोला निवासी ५८ वर्षीया ठगि खनाल आफ्नै घरमा आज बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार आज बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात तत्काल प्रहरी पुगेर ढोका खोलेर हेर्दा खनाल कोठा भित्र मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । स्थानियसँग सोधपुछ गर्दा उहाँलाई पहिले देखी जन्डिसको समस्या रहेको पाइएको छ । उहाँका श्रीमान नभएको र छोराहरुसँग पनि छुट्टिएर एक्लै बस्दै आएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।