शारदा नदीमा डुबेर १४ वर्षीय किशोरको मृत्यु

सल्यान,१८ जेठ । सल्यानको शारदा नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ।

कालीमाटी गाउँपालिका–४ सुनचौरका १४ वर्षीय महेश कुमालको शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता भवानीप्रसाद धमलाका अनुसार सुनचौरस्थित शारदा नदीको डल्ले रहमा नुहाउने क्रममा कुमालको डुबेर मृत्यु भएको बताए।


गर्मी छल्न भन्दै उनी दिउँसो नदीमा माछा मार्न र नुहाउन भनेर घरबाट गएका थिए।

दिउँसो दुई बजेतिर उनी नुहाउन भनेर गए पनि चार बजेतिर मात्रै उनको शव फेला परेको खबर प्रहरीलाई स्थानीयले दिएका थिए।

इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक धमलालले जानकारी दिए ।