राप्ती गाउँपालिकाद्वारा दुर्गमका विपन्न ४३ परिवारलाई निःशुल्क सोलार वितरण

तुल बहादुर कवँर मगर
देउखुरी, ५ बैशाख ।
दाङको राप्ती गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको सल्ले,छुचुन्द्रे र अन्तरे गाउँका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ। गाउँपालिकाले वडा ९ अन्तर्गत पर्ने उक्त गाउँका विपन्न ४३ परिवारलाई सोलारबत्ती वितरण गरेको हो।

गाउँपालिकाको वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो।

पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको गाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई २० बाट क्षमताका सोलार वितरण गरेको हो।


सोलार वितरण पछि स्थानीयहरुको दैनिक जीवनयापनमा सहज हुने वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनुभयो ।

राप्ती गाउँपालिका लगायत छिमेकी पालिकाहरुलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने उदेश्यले पालिकाको वडा नम्बर २ लालमटियामा विद्युतीय सब स्टेसन निर्माण प्रक्रिया अघि बढेको छ।