योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तालिम

निराश पाण्डे
शान्तिनगर, २१ फागुन । शान्तिनगर गाउँपालिकाको आयोजना एबं आइ एन एफ दाङ्ग शाखाको प्राविधिक सहयोगमा एक दिने स्थानीय बिपत ब्यबस्थापन समितीहरुका लागि जलवायु उत्पादन सिल योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण सम्बन्धि तालिम सोमबार चिराघाटमा सम्पन्न भएको छ । तालिममा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि देबि प्याकुरेलले तालिमका सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो। उक्त तालिममा कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, संचारकर्मी, नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। स्थानीय बिपत ब्यबस्थापन समितीले वडा स्तरीय बिपत ब्यबस्थापन समिति गठन र गाउँपालिकामा क्षमता बिकास सम्बन्धि तालिम संचालन गर्ने पनि जनाएको छ। आइ एन एफ दाङ्ग शाखाले बिगत ८ वर्ष अघि देखि अपाङ्गताको क्षेत्रमा तथा मानव बेचबिखन ओसारपसारको विरुद्धमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका परियोजना सुभरभाइजर चुल्लु चौधरीले जनाउनु भएको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रेमा केसि, र प्रशासन शाखा प्रमुख कृष्ण कंडेलले बोल्नु भएको थियो।