तुलसीपुर उवासंघमा काँग्रेसले टुंग्यायो उम्मेदवार

तुलसीपुर, २४ बैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको नयां नेतृत्वकालागी आगामि २९ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ ।

नेपाली कांग्रेस क्षेत्र नंवर ३ का सभापति जगत वहादुर खड्काको संयोजकत्वमा बनेको कार्यदलले महासचिव विनिल केसीलाइ अध्यक्षको उम्मेदवार छनौट गरेको छ ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा देव वहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका,खुल्ला उपाध्यक्षमा खुसलराम शर्मालाई उम्मेदवार बनाउने भएको छ । त्यतै महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नबिन राई, सह – कोषाध्यक्षमा जनक वहादुर रावत उम्मेदवार हुनेछन् ।


त्यसैगरी सदस्यहरुमा सन्दिपन रिजाल(यसोसियट), दिपेश भण्डारी, निर्मल पौडेल, वालकृष्ण डांगी, पुस्कर सुनार(संस्थाग), कमल डांगी, तिर्थ डांगी तथा महिला सदस्य तर्फ निलम बस्नेत र नारायणी कुमारी वलिलाइ उम्मेदवार बनाउने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमवार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिएका छन् । त्यसैगरी नयां नेतृत्वकालागी आगामि २९ गते विहान ८ बजेदेखि साझ ५ बजेसम्म मतदान हुने पनि निर्वाचन समितिले जनाएको छ ।