राप्तीको विकट पहाडी गाउँ करङ्गेकोटमा व्यक्तिगत घटना दर्ता शिविर सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ७ बैशाख ।
दाङ देउखुरी राप्ती गाउँपालिकाको विकट पहाडी गाउँ करङ्गेकोटमा शुक्रबार व्यक्तिगत घटना दर्ता शिविर सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा पाँच नम्बर वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न हो।

शिविरमा जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता एघार वटा व्यक्तिगत घट्ना दर्ता भएको छन् ।

गाउँपालिकाको विकट पहाडी गाउँका कतिपय स्थानीयहरुले अझै पनि काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने भएकाले शिविर नै सञ्चालन गरेर त्यस्ता घट्ना दर्ता गरिएको राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीले बताउनुभयो ।


त्यस्तै अध्यक्ष चौधरीले समयमै व्यक्तिगत घट्ना दर्ता गर्न ग्रामीण गाउँका स्थानीयहरुमा सचेतना समेत फैलाउन आवश्यक रहेको बताउनुभयो ।

शिविरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी,वडा सदस्य भुपलाल थापा मगर,वडा सचिव कल्पना खनाल,राप्ती गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर राउत,फिल्ड सहायक सबिता चौधरी, विष्णुमाया चौधरी लगायतको सहभागीता रहेको थियो ।