संविधानमा सूचनाको हक मात्रै छैन, गोपनियताको हक पनि छ : सभामुख घर्ती

दाङ, ४ वैशाख । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संविधानमा सूचनाको हक मात्रै नभई गोपनियताको हक पनि भएको बताए । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको मिडिया महोत्सवमा सभामुख घर्तीले सूचनाको हकमात्रै नभई सञ्चार माध्यामले गोपनियताको हकका सन्दर्भमा पनि गम्भीर बन्नुपर्ने बताए । “सूचनाको जति धेरै महत्व हुन्छ, गोपनियताको हकको महत्व पनि त्यतिकै छ”,उनले भने “यसमा पत्रकारहरुले पनि ध्यान दिनुपर्छ ।”

साथै उनले अहिलेको संसदीय ब्यबस्था‘फेलिएर’ भएको समेत बताए । अहिले ४÷४ दिनमा सरकार बदल्नु पर्ने अबस्था आउनु अहिलेको संसदीय ब्यबस्थाको फेलिएर अभ्यास भएको भन्दै यसलाई सच्चाउनु पर्ने बताए । स्थानीय तहमा जसरी प्रत्येक्ष निर्वाचन हुन्छ, प्रदेश र संघमा पनि प्रत्येक्ष निर्वाचित प्रणाली अपनाउनु पर्ने उनले भनाई थियो ।


पत्रकार महासंघ दाङले आयोजना गरेको मिडिया महोत्सवको मंगलबार समापन गरिएको छ । महासंघले दुई दिन बिभिन्न विषयमा बहस गरेको थियो । १२ औं अधिवेशन तथा २२ औं साधारणसभाको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

दुई दिनसम्म चलेको महोत्सवमा ‘नैतिकताको कसीमा मिडिया’, ‘मिडियामा समावेशी सवाल’, ‘मिडियाको सामथ्र्य र भविष्य’, ‘संघीयता,विकास र मिडिया’लगायतका विषयमा बहस भएको थियो ।