मृत्यु भएका कर्जाग्राहीको कर्जा मिनाहा तथा विमा रकम भुक्तानी

तुलसीपुर, १६ चैत ।
लक्ष्मी लघुवित्त वित्तिय संस्थाले दुर्घटनाबाट मृत्यु भएका कर्जाग्रहीलाई कर्जा मिनाहा तथा विमा दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा मृत्यु भएकी तुलसीपुर १२ निवासी अनिता बोहराका श्रीमान यमबहादुर बोहरालाई ६ लाख ११ हजार पाँचसय रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।

श्रीमति अनिताले उक्त लघुवित्तबाट तीन लाख रुपैँया ऋण लिएकी थिइन् । ति मध्ये करिब एक लाख ऋण चुक्ता गर्न बाँकी थियो । तर, उनको गएको असोज २० गते सल्यान जाने क्रममा दुर्घटनामा परि मृत्यु भएपछि बाँकी ऋण पनि मिनाहा गरिएको छ, भने विमा वापत तीन लाखको दोब्बर ६ लाख तथा किरिया खर्च वापतको रकम शुक्रबार हस्तान्तरण गरिएको हो ।

उक्त चेक वडाध्यक्ष खुसीराम चौधरीले मृतका श्रीमान यमबहादुरलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा अध्यक्ष चौधरीले दुर्घटना भबितब्य घटना हुने भएकाले बिमा आबश्यक रहेको बताए ।


संस्थाका विजौरी शाखा प्रमुख भागिरथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पदम साउदले गरेका थिए । त्यस अवसरमा संस्थाका कर्मचारी अन्जिता भट्टराईको पनि सहभागिता रहेको थियो ।