एउटै रुखमा झुण्डिएको अवस्थामा केटा/केटी मृत फेला

सुर्खेत,  ८ मंसिर ।
सुर्खेतमा एउटै रुखमा झुण्डिएको अवस्थामा केटा/केटी मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर – १० खजुराकी १६ बर्षीया दीपिका चौधरी र जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिका – ७ का १८ बर्षीय नरेश खत्री एउटै रुखमा झुण्डिएको अवस्थामा बिहान सवा ११ बजेतिर फेला परेका हुन ।

उनीहरु जिल्लाको विरेन्द्रनगर नगरपालिका – ९ काक्रेबिहारस्थित जंगलमा करौतीको एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको डिएसी बुढथापाले बताए । बिहान घाँस काट्न गएका स्थानीयले केटा र केटी करौतीको रुखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


त्यसपछि जिप्रका सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यो खबर तयार पार्दै गर्दा प्रहरीले मुचुल्का तयार पार्ने कार्य जारी छ ।

डिएसपी बुढथापाका अनुसार मृतक दुबै जनाका घर परिवार र आफन्तले उनीहरुको सनाखत गरेका थिए ।मुचुल्का तयार पारेपछि दुबै जनाको शब पोष्टमार्टमका लागि अस्पताल पठाइने भएको छ । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी बुढथापाले बताए ।