भगवती प्राविमा अक्षर सुधार कार्यशाला

दाङ, १ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ३ को आयोजनामा श्री भगवती प्रा.वि. डाडाखुट्टी तुलसीपुरमा अक्षर सुधार कार्यशाला सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विजय बि।क को प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि विजय बि।कले परिक्षा प्रणाली, मुल्यांकनको माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर, नियमबद्द गरि शिक्षक, विद्यार्थी सबैले गर्नु पर्ने बताए । उनले भने “अक्षर लेखन कला हो यसलाई नियमित अभ्यास र शिक्षकको निगरानी हुन सके सबै विद्यार्थीमा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, श्रीजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पुर्याउछ ।”


डिभाइन इन्स्टिच्युटका प्रमुख प्रशिक्षक हिमाल डाँगीले अक्षर सुन्दर र आकर्षक व्यक्तित्व निर्माण गर्ने आधारभुत कुरा भएको बताउनु भयो बिद्यालयका प्र। अ गोमा गुरुङले बिद्यालयको शैक्षिक सुधारमा कार्यक्रमले ठुलो उपलब्धि हुने बिश्वास व्यक्त गरे । बिद्यालय बि ब्य स अध्यक्षले यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने बताउनु भयो ससाना कुरामा ध्यान पुर्याउन सके मात्र शैक्षिक सुधार गर्न सकिने बताए ।
कार्यक्रममा शिक्षक, शिक्षीका र बिधार्थीहरुको उपस्थिति थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गोमा गुरुङले गरेका थिए ।