दंगीशरण–६ मा महिला शसक्तिकरणसहित नारी दिवस सम्बन्धि तालिम शुरू

दंगीशरण, १८ फागुन ।
दंगीशरण गाउँपालिका वडा नं. ६ को आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहजीकरणमा ७ दिने महिला शसक्तिकरण सहित नारी दिवस सम्बन्धि तालिम वडा नं. ६ को कार्यालयमा शुरुभएको छ । वडा नं. ६ का कार्यवाहक अध्यक्ष टन्कि भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ७ दिने औपचारिक तालिमको उद्घाटन गरीएको हो ।मनोबिमर्श सहित महिलाहरु नेतृत्वको पहुँचसम्म पुग्दा आइपर्ने समस्याहरुको समाधान तथा बक्तित्वकलाको विकास सम्बन्धि बिषयवस्तु समेटिने कार्यक्रम संयोजक आर.के शितलले जानकारी दिनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलाई शसक्त बनाउने उदेश्यका साथ वडा नं. ६ ले कार्यक्रम आयोजना गरेकोप्रती खुसि ब्यक्त गर्नुभयो । बिगतका वर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताउनुभयो ।


महिलाहरुमा हरेक कुरा लगनशीलता, इमानदारीता हुने भएकाले महिलाहरुको राज्यको हरेक मुल प्रवाहमा ल्याउन शसक्तिकरणको माध्यमबाट अगाडी बढाउन विभिन्न कार्यक्रमहरु ल्याएको अध्यक्ष गिरीले बताउनुभयो । पछिल्लो समयमा अगाडीका परम्परागत सस्कारहरु लोप हुदै गएकोप्रती पनि चिन्ता ब्यक्त गर्नुभयो ।

वडा नं.६ का कार्यवाहक अध्यक्ष टन्कि भण्डारीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रकि लक्ष्मि ढकालले गर्नुभएको थियो ।