लुम्बिनी प्रदेशमा जीडीपी अनुमान कार्यशाला

अन्जना बिश्वकर्मा
तुलसीपुर, १५ फागुन ।
लुम्बिनी प्रदेश स्तरीय कुल गार्हस्थ उत्पादन(जीडीपी) को अनुमान सम्बन्धि कार्यशाला तथा गोष्टी भएको छ । प्रदेशस्तरीय कुल गार्हस्थ उत्पादन(जीडीपी) अनुमानलाई अझ बढि भरपर्दो र विश्वसनीय बनाउने उद्देश्यले गोष्ठी भएको हाे । तथ्यांक कार्यालय दाङको आयोजनामा भएको गोष्ठीमा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेश आर्थिक हिसाबले सम्भावना बोकेको प्रदेश रहेको बताए । “उत्पादनका हिसाबले होस् वा पर्यटनका हिसाबले होस्, वा अन्य हरेक हिसाबले प्रदेश आर्थिक विकासको सम्भावना बोकेको प्रदेश हो ।”,उनले भने “ लुम्बिनी प्रदेशमा चालु बर्षमा कुल ग्रहस्त उत्पादन बृद्धि गर्ने हाम्रो लक्ष्य छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ७.४ रहेको कुल ग्रहस्त उत्पादन(जीडीपी) लाई चालु आर्थिक वर्ष २०८०/०८१ मा ९.५ प्रतिशतले बृद्धि गर्ने गरि हामीले पञ्चबर्षिय योजना बनाएका थियौं । त्यो अनुसार हामीले काम गरिरहेका छौं ।”


प्रदेशको आर्थिक बृद्धिकालागि स्थानीय उत्पादनलाई बृद्धिमा प्रोत्साहन गर्ने, स्वरोजगार सिर्जना गर्ने, उत्पादनलाई बजारीकरण गर्ने जस्ता कुराहरूलाई ध्यान दिएको उनले बताए । यसले प्रदेशको कुल ग्रहस्त उत्पादनलाई बृद्धि गर्न मद्दत गर्ने उनको अपेक्षा छ । लुम्बिनी प्रदेश खोटो, धागो, कफि, अदुवालगायत बस्तु निर्यातको सम्भावना रहेको प्रदेश रहेको भन्दै यस तर्फ ध्यानआकिर्षित भएको समेत उनले बताए ।

गोष्ठीले तथ्यांकको अध्ययन र विश्लेषणले प्रादेशिक नीति तथा योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । प्रदेश राजधानी दाङको भालुवाङमा उक्त गोष्ठी भएको हो । साभारः अग्रिम साप्ताहिक