मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक जना घाइते

घोराही, ६ फागुन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परि जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका–१ निवासी २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले दिएको जानकारी अनुसार दुर्घटनामा परेर घाइते हुनुभएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।


उक्त मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन घाइते हुनुभएको छ । घोराही उपमहानगरपालिका–१८ मा डेरा गरी बस्दै आउनुभएका घाइते रामकुमार पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।