प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा

दाङ
९ कात्तिक / प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मालाई चयन गरिएको छ ।

मंगलबार भएको शाखाले चौथो अधिवेशनबाट शर्माको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), महिला उपाध्यक्षमा अनिता पोखरेल, सचिवमा जनक नेपाली, सहसचिवमा दीपक बोहरा, समाबेशी सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा जीवन नेपालीलाई चयन गरिएको छ ।


त्यस्तै सदस्यहरुमा गिरिराज नेपाली, सुमन केसी, विकास डाँगी, शान्तकुमार बुढा, भागवत भट्टराई, सन्तोष डाँगी, आभाष बुढाथोकी, उदीराम चौधरी, हेमराज नेपाली (परिवर्तन), उमेश बन्जाडे, दीपक ओली, कमल कँवर, पुष्पा पौडेल, अङ्गराज परियार र अस्मिता नेपाली रहेका छन् ।