त्रिविद्वारा ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू

काठमाडौं,१५ माघ । त्रिभुवन विश्वविद्यालयले आज साेमबारदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो ।


केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालन दयगत पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ। अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिङ्कमा क्लिक गरेपछि साइन अप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ । सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनःअपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ।