विज्ञान शिक्षकहरूकालागि अभिमुखिकरण तालिम सम्पन्न

दाङ, १५ माघ ।
विज्ञान शिक्षक समाज नेपाल (STAN), तुलसीपुर नगर कार्य समितिको आयोजना, शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरको समन्वय र डाँगी स्टेशनरीको व्यवस्थापनमा विज्ञान शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण तालिम तुलसीपुर उपमहानगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ । एसटिएन तुलसीपुरका अध्यक्ष रुपेश गुप्ताको अध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरका प्रमूख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाठ्यक्रम विज्ञ तथा विज्ञान पुस्तकका लेखक डा.चिन्तामणी पन्थीले कक्षा ८,९,१० को विज्ञान तथा प्रविधि विषयको निर्धारित पाठ्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउपालिका, दंगीशरण गाउपालिका र बबई गाउपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका १०३ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । कार्यक्रममा एसटिएनका प्रदेश संयोजक गिरिराज लम्साल, एसटिएन लुम्बिनी प्रदेशका संयोजक मान बहादुर बस्नेत, सल्हाकार विष्णु भण्डारी, विजय जि.एम.,तिलक साहु, थानेश्वर आचार्य , अरुण आचार्य नोभा पब्लिकेसन्सका लुम्बिनी प्रदेश इन्चार्ज, डाँगी स्टेशनरीका प्रो. तिर्थ डाँगीको उपस्थिति समेत रहेको थियाे । उक्त कार्यक्रम उपाध्यक्ष नारायण बस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण सचिव दिपक वलिले गरेका थिए ।