शिक्षामा सुधार गर्न विद्यार्थी संगठनको भूमिका रहन्छः चौवे

तुलसीपुर, २४ पुस । अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिका प्रमुख सचिब अभयप्रताप चौवेले शिक्षामा सुधार गर्न अखिल क्रान्तिकारीमा जोडिनु पर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) जनकल्याण मावि शान्तिनगर – २ सिमसुन्दरपुरमा विद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलनलाई सम्बोधन गर्दै चौवेले विद्यार्थी संगठनहरु शिक्षा सुधारकालागि लड्ने भन्दै विद्यार्थीहरुको हकहितमा काम गर्न संगठनमा जोडिन सबैमा अपिल गरे ।

साथै उनले पश्चिम दाङमा शिक्षासंगै हरेक विकासकालागि पछिल्लो समय लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थालेको कदमको समेत प्रशंसा गरे । भेलाले राधिका जैसीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा सलिजा खतुन,मेनुका खड्का र प्रदीप ओली, सचिबमा करण शेर्पाइली, सहसचिवमा शेक सजिना खातुन र सुशीला बुढामगर, कोषाध्यक्षमा शर्मिला राम्जाली मगर चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा शितल बुढामगर,पुजा राना,पबित्रा ओलि,वसन्त भण्डारी,सबिता केसी, निर्मला केसी,कल्पना मगर, कल्पना खाम्चा, इश्वरि ओली, अस्मिता थापा , सुश्मिता नेपाली चयन भएका हुन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा, संगठनका जिल्ला कार्यालय सदस्य गोबिन्द मल्ल, संगठनका नेता पुष्पराज न्यौपानेले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण संगठनका तुलसीपुर संयोजक बोधराज विश्वकर्माले गरेका थिए ।