
तुलसीपुर, ३ असोज ।
दाङको तुलसीपुर कारागारबाट जेनजी आन्दोलनको क्रममा भागेका २५३ कैदीमध्ये हालसम्म १२५ जना पक्राउ परेका छन् ।
१३ जना अन्य कैदी विभिन्न जिल्लाका कारागारसँग सम्पर्कमा आएको कारागार प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार हालसम्म करिब १२ जना आफैं फर्किएका छन् भने ११५ जना अझै सम्पर्कविहिन छन् ।
भदौ २४ र २५ गते गरी कुल २५३ कैदीबन्दीले कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए ।



लाइभदाङ । ३ आश्विन २०८२, शुक्रबार २१:४४ बजे