दंगीशरण ५ मा हात्तीपाइले निवारणकालागि नमुना संकलन गरीदै

प्रमोद आचार्य
दंगीशरण, २० पुस ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौडा मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङको आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिका वडा नं.५ मा सम्पन्न भएको छ ।

सन २०११ देखी नेपालमा शुरू भएको हात्तीपाइले रोग निवारण सम्बन्धि अभियानको प्रगती के–कती भयो कती जनाले औषधिसेवन गरे भन्नेबारे जानकारी लिन सर्भे सहितको अभिमुखिकरण कार्यक्रम वडा नं. ५ मा सम्पन्न भएको हो । हात्तीपाइले रोग निवारण अभियानमा औसधिसेवन कम गर्ने वडाहररू मध्यबाट दंगीशरण ५ मा सर्भे गर्न लागिएको हो ।

सन् २०३० सम्म हात्तीपाइलेलाई नेपालबाट निवारण गर्ने लक्ष्य अनुरुप दाङ जिल्लामा हात्तीपाइलेको किट सेम्पल गर्नका लागि वडा नं. ५ का १५० घरधुरीका करीव ३०० जनामा नमुना संकलन गर्नथालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कमल चन्दले जानकारी दिए ।


छनोटमा भएका समुदायका ब्यक्तिहरूमा हात्तीपाइलेको परीजिवी भए/नभएको भन्नेबारे पत्ता लगाउन नमुना संकलन सहितको सर्भे गर्न लागिएको हो । २० वर्षमाथिका उमेर समुहमा नमुना संकलन गर्ने महामारी तथा रोग नियन्त्रण महासाखाका डा.गोकर्ण दहालले जानकारी दिए ।

शनिबारदेखी पहिलो चरणमा स्थानिय समुदयका करीव ३०० जनामा रगतलिइ नमुना संकलन गर्ने र त्यसबाट पाेजिटिभ देखिएका बिरामिको रातको समय १० देखी २ बजेसम्मको समयमा माइक्रोसकोपको माध्यमबाट परजिवी भए/नभएको एकिन गरीने डा. दाहालले जानकारीदिए । अभिमुखिकरणमा स्थानिय, टोल समितीका अगुवा,स्वास्थ्यकर्मि,विद्यालयका प्र.अ.स्वयंसेवीका,सुरक्षाकर्मि,जनप्रतीनिधि,पत्रकार लगायतको सहभागीता रहेकोथियो ।

अभिमुखिकरण कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीले गरेका थिए ।