दंगीशरणमा माघि सांस्कृतिक महोत्सव हुने

देव राज कँडेल
दाङ, १९ पुस ।
थारु समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले दाङको दंगीशरण गाउँपालिकामा माघि सांस्कृतिक महोत्सव हुने भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा यहि पुस २७ र २८ गते महोत्सवको आयोजना गर्न लागिएको हो ।

थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले माघि साँस्कृतिक महोत्सव आयोजना गर्न थालिएको माघि महोत्सव मुल समितीका सयोजक तथा वडा न. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारीदिए ।


महोत्सवमा थारु नृत्यहरु ढोलाहा नाच,कठ्घोरी नाच,लठवा नाच,सोरठि नाच,गोर्या नाच,थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकारहरु तथा थारु केन्द्रिय तथा जिल्ला स्तरका कलाकारहरुको प्रस्तुती राख्ने राखिने जानकारी दिएका छन् ।

सयोजक चौधरीका अनुसार महोत्सवको तयारीलाइ तिब्र पारीएको छ ।अहिले सम्म ७ वटा वडाका गरी ६४ वटा नृत्य दर्ता भइसकेको बताएकाछन । २ दिनसम्म चल्ने माघि महोत्सवमा सहभागी भइदिन आयोजकले सवैमा आग्रह गरेको छ ।