दाङमा मोटरसाईकल र स्कुटि ठोक्किदा ३ जना घाइते

दाङ, १८ पुस ।
दाङमा मोटरसाईकल र स्कुटि एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक शान्तिनगर गाँउपालिका ५ का ३० वर्षीय सुमन बिक, सोहि बाइकमा सवार सोही ठाँउका ३१ वर्षीय गणेश बिक र स्कुटि चालक घोराही ९ का २१ वर्षीय हेमराज डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।


घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपरबाट घोराहीतर्फ जाँदै गरेको भे ९ प ९१ नम्बरको मोटरसाइकल र घोराहीतर्फ जाँदै गरेको रा ४ प ८२३६ नम्बरको स्कुटि बुधबार दिउँसो साढे ३ बजेतिर घोराही १० सौडिकुलामा ठोक्कीएको डिएसपी मल्लले जानकारी दिनुभयो ।