बस दुर्घटना अपडेटः घाइते भएका ३५ जनाको पहिचान खुल्यो

तुलसीपुर,१५ पुस ।
दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा घाइते ३५ जनाको पहिचान खुलेको छ । घाइते हुनेमा बर्दिया बढैया ताल गाउँपालिका १ निवासी ३८ बर्षीय बिष्णु थारु,मैनापोखर ६ निवासी ७ बर्षीय निरु थारु, सोहि ठाउँका ४० बर्षीय ढन्जु चौधरी,१० बर्षीय कृतिका थारु,३० बर्षीय अनिता थारु,५ को बर्षीय सिद्धार्थ थारु,३५ बर्षीय रुपा थारु, १४ बर्षीय सरु थारु,३७ बर्षीय राम गोपाल थारु, ११ बर्षीय प्रिन्सा थारु, ३४ बर्षीय प्रभा कुमारी थारु,२२ बर्षीय जुना थारु, ११ बर्षीय रवि थारु,२५ बर्षीय सेराहानी चौधरी, ३५ बर्षीय अष्टोरिया थारु, ४० बर्षीय दानी थारु रहेका छन् ।

यस्तै, ४० बर्षीय धर्म नेपाली, ६ बर्षीय अनुस्का थारु, ३० बर्षीय रिता थारु ३० बर्षीय हरिकला चौधरी, ४० बर्षीय गिता थारु, ३६ बर्षीय सरोज कुमार थारु, ३५ बर्षीय राजकुमार थारु, ३१बर्षीय राज कुमारी थारु २५ बर्षीयसृजना थारु, १७ बर्षीय सर्मिला थारु, ४० बर्षीय पुष्पा थारु, ५६ बर्षीय मोहिनी थारु,३ बर्षीय आरुका थारु र बस चालक ४२ बर्षीय शन्ताराम थारु रहेको दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभयो ।


आज बिहान दाङ तुलसीपुर उपमहानगरपालिका १३ डाँडागाँउ जाने बाटो स्थित तुलसीपुर-अमिलिया सडक खण्डमा पिपरुवा कृषी कृषक समुह बर्दियाको भ्रमण कार्यक्रमको लागि बर्दियाबाट दाङ चखौरा आउदै गरेको भे १ ख २०४१ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घघनामा परी घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।