डिभाइन टेम्पलले ग¥यो एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा बधाई

तुलसीपुर, १६ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाइन टेम्पल एकाडेमीबाट एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान गरिएको छ ।

सोमबार एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सम्मान गरिएको हो । विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा पत्रकार दिपक बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरि विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो । त्यस अवसरमा प्रिन्सिपल न्यौपानेले विद्यार्थीहरुले कडा मेहनत गरे भबिष्यमा सफल बन्न सक्ने बताए । उनले हरेक सफल ब्यक्तिहरु कडा मेहनतकाबीचबाट नै सफल भएको समेत बताए ।

उनले विद्यार्थीहरुको शिक्षाको आधार कस्तो छ, भन्ने कुराले पनि सफलता निर्धारण गर्ने बताए । त्यसकालागि आफू एसइइसम्म पढेको विद्यालयले कस्तो शिक्षा दिएको छ, त्यसका आधारमा पनि सफलताको आधार तयार हुने बताए । त्यस अवसरमा प्रमुख अतिथि बोहराले एसइइ पछि रोजाईमा पर्ने कुनै पनि विषय सानो ठूलो नहुँने बताए ।


विषय सानो ठूलो नभई आफूले लगनशिलताकासाथ मेहनत गरेमा जुन सुकै विषयमा पनि सफलता हात पार्न सकिने बताए । साथै एसइई पछि विद्यार्थीहरुले प्लस टु गर्ने र त्यसपछि विदेश जान लालायीत हुने भन्दै यस्तो नगर्न समेत सुझाब दिए । उनले स्वदेशमै मेहनत गरेमा विदेश जतिकै कमाई गर्न सकिने समेत बताए ।

साथै कार्यक्रममा इसिए कोर्डिनेटर आकाश सिंहले होटेल ब्यबस्थापन विषय पिन सम्भावना बोकेको विषय रहेको बताए ।