दंगीशरणमा कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखिकरण शुरु

प्रमोद आचार्य
दंगीशरण, २९ मङ्सिर ।
दंगीशरण गाउँपालिकाको समन्वय,शिक्षा विकास तथा समन्वय इकाइ घोराही दाङको आयोजनामा कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम बिरेन्द्र नमुना मा.वि हेकुलिमा शुरुभएको छ ।

शिक्षासाखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको सभापतीत्व,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा बिरेन्द्र नमुना मा.वि हेकुलिका प्र.अ. खिमराज खनालको बिशिस्ट आथित्यतामा तालिमको औपचारिक उद्घाटन गरीएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले बद्लिदो पाठ्यक्रम तथा परीमार्जित पाठ्यवस्तु अनुरुप शिक्षण सिकाइ क्रियाकलाप अगाडी बढाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । एकातिर समुदायमा सामुदायिक तथा संस्थागत विद्यालयविच प्रतिस्पर्धा चलिरहेका बेला सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न गुणस्तरीय शिक्षा तथा परीमार्जित पाठ्यवस्तु प्रति जानकार रहन आग्रह गर्नुभयो ।


यस्तै कार्यक्रममा बोल्दै शिक्षा साखा प्रमुख बिनोद अधिकारीले शिक्षण सिकाइ क्रियाकलापमा बिशेष जोड दिन सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो ।प्रविधिको विकाससङ्गै विकासले गति लिइ रहेका बेला शिक्षकहरुले पनि प्रविधिसङ्गै अगाडी बढ्न अपरीहार्य रहेको बताउनुभयो ।

तालिमको उदेश्यबारे प्रकास पार्दै सामाजिक विषय शिक्षक प्रदिप चन्दले कक्षा ५, ८,र १० को पाठ्यक्रम कस्तो छ आन्तरिक मुल्यांकन र बाह्य मुल्यांकनको प्रक्रिया तथा पाठ्यपुस्तक र पाठ्यवस्तुमा के कस्ता विषयवस्तु समेटिएका छन भन्ने कुराबारे जानकारी गराउन पनि नयाँ पाठ्यक्रमको प्रविधिकरण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरीएको जानकारी गराउनुभयो ।

औपचारिक कार्यक्रममै बोल्दै बिरेन्द्र नमुना मावि हेकुलिका प्र.अ. खिमराज खनालले सिकाइमा सकारात्मक प्रभाव पार्न पाठ्यक्रम र पाठ्यसामग्री सम्बन्धि २ दिने तालिम फलदायी हुने बिस्वास ब्यक्त गर्नुभयो ।

यस्तै प्र.अ खनाले तालिममा सिकेका कुराहरुलाई कक्षाकोठामा लागु गरी दिन तालिममा सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षासाखा दंगीशरणका प्राविधिक सहायक उमा केसीले गर्नुभएकोथियो ।