तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते

तुलसीपुर, २२ मंसिर ।  दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुरको डाडाखुटी बस्ने २१ वर्षीया कल्पना वली, सोही ठाउँ निवासी २२ वर्षीय तिलक केसी र १८ वर्षीय सविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।


प्रहरी निरीक्षक मल्लका अनुसार दमारगाउँबाट तुलसीपुर तर्फ आउदै रा १ ह ४७०९ नम्बरको अटो तुलसीपुर ९ को चुलेसी नजिकै आफै अनियन्त्रित सडकमा पल्टिदा दुर्घटना भएको हो । घाइते तिनै जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछी डिस्चार्ज भएको अस्पताललाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।