डिजिटल साक्षरता सम्बन्धि ६ महिने तालिमको समापन

प्रमोद आचार्य
दंगीशरण, १६ मंसिर ।
दंगीशरण गाउँपालिका वडा नं. ३ मा सञ्चालित वित्तीय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि ६ महिने तालिमको आज शनिबार एक कार्यक्रमकाबिच समापन गरीएको छ । वडा नं.३ मा सञ्चालित समुन्नती परीयोजना अन्तर्गत विभिन्न ८ वटा समुहहरुको आयोजना, प्रेक्टीकल एक्सन र डिप्रोक्सको सहजीकरणमा ६ महिने तालिमको समापन गरीएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिँदो समय अनुसार र प्रविधि अनुसार अगाडी बढ्न डिजिटल साक्षरता निकै उपयिगी रहेको बताउनुभयो । अहिलेको अवस्थामा हरेक कुराको डिजिटलाइज हुने भएकाले आफ्नो ब्यवसाय तथा हरेक दैनिक जिबनमा काम लाग्ने कुराहरु तालिमले दिएको प्रती खुसि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरुले तालिमले गर्दा आफुहरु मोबाइल चलाउन सक्ने भएको,घरमै बसी विद्युत खानेपानीको बिल तिर्न सक्ने भएको र मोबाइल एप्स बाटै सबै कारोवार गर्न सक्ने भएको बताएका थिए । केही सहभागीले भोलिका दिनमा अझै तालिमको अवधि बढाइ थप तालिम प्रदान गरीदिए आफुहरु अझ धेरै लाभान्वित हुने आशा ब्यक्त गरे ।


समापन कार्यक्रममै बोल्दै प्रेक्टीकल एक्सनका प्रोग्राम अफिसर सिबलाल शर्माले दैनिक जिवनमा काम लाग्ने हरेक कुरामा डिजिटलाइज तवरले अगाडी लगी दैनिक जिवन सहज र सरल बनाउन र परीवर्तीत समाज अनुसार अगाडी बढ्न सक्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

यस्तै डिप्रोक्स नेपालका उप निर्देशक कृष्ण न्यौपानेले आम्दानि र खर्चको सहि लेखाजोखा गर्न र परीवारलाई सु–व्यवस्थित बनाउन डिजिटल वित्तीय साक्षरता फलदायी हुने बताउनुभयो ।

वडा नं. ३ का विभिन्न ८ वटा समुहका महिलाहरुमाझ ६ महिना सम्म दिएको डिजिटल वित्तीय साक्षरता तालिमको समापन अवसरमा प्रमाणपत्र समेत प्रदान गरीएको थियो । समापन कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा जिल्ला समन्वय समितीका सदस्य टोपाराम चौधरीको बिशिस्ट आथित्यतामा भएको थियो । W.D.Cकी शुस्मा चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण W.D.C की सरिता चौधरीले गरेकीथिइन ।