हापुरे, ९ मंसिर ।
दाङको बबई गाउँपालिका वडा नम्बर २ र ५ को सिमानामा पर्ने ट्वाङ्खोला चादनीघाट परिसरमा सरसफाइ गरिएको छ। बबई गाउँपालिका वडानम्बर दुई, तिन, चार र पाँच नम्बरमा कसैको मृत्यु भए हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने स्थान फोहर देखेपछि सरसफाईमा जुटेको बबई ५ का स्थानिय रुपलाल पौडेलले बताउनुभयो ।
मलामी आएकाहरुले खाएर फ्याकेका बिस्कुटका खोल,दाह्री कपाल काटेर फ्याकेका बिलेटहरु, सौचालय बन्द भएकाले बाहिरी रुपमा गरिने दिशापिसाबले उक्त स्थल फोहर र दुर्गन्धित देखीएको बताउदै स्थानिय दयाराम बिकले चादनी घाटको सरसफाइको जिम्मेवारी सम्पूर्ण स्थानियको भएको बताउनुभयो । बिकले घाटको ब्यबस्थापनमा स्थानिय सरकारले पनि चासो देखाउनुपर्ने बताउनुभयो ।
प्रत्येक पटक मलामी आउनेहरूले नजिकका सामुदायिक बनहरुका कलिला बोटबिरुवा भाचेर ल्याउदा समस्या हुने गरेको बताउदै सामाजिक अभियान्ता तथा बैज्ञानिक बन महासंघका केन्द्रीय महासचिव पर्साराम भुसालले अन्तिम संस्कारमा आवश्यक काठ दाउरा स्थानिय सामुदायिक बनले उपलब्ध गराउनुपर्ने र त्यसका निम्ति स्थानिय सरकारले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
लाइभदाङ । ९ मंसिर २०८०, शनिबार ०७:४८ बजे