दंगीशरणमा कृषि हाटबजार सुरु

प्रमोद आचार्य 

दंगीशरण,२५ कार्तिक । दंगीशरण गाउँपालिका वडा न. २ मा आजदेखी पहिलो पटक कृषि हाटबजारको सुरुवात गरीएको छ । “स्थानिय उत्पादनको स्थानिय बजार” भन्ने उदेस्यका साथ हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्था दंगीशरण २ को आयोजना तथा दंगीशरण २ वडा कार्यालय र कृषि साखा दंगीशरणको समन्वयमा कृषि हाटबजारको शुरुवात गरीएको हो । हाटबजार सुरुवातकै अवसर पारेर दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को स्विकृत कार्यक्रमबाट १५ लाखमा निर्मित कृषि उपज केन्द्र भवनको समेत उद्घाटन गरीएको आयोजकले बताएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषिमा सम्भावना बोकेको साविक गोल्टाकुरीका किसानले उत्पादन गरेका वस्तुहरुको सहज बजारीकरण गर्न र बिचौलियाको अन्त्य गर्न पनि हाटबजारको अपरीहार्यता रहेको बताउनुभयो । काम गर्ने र कुनैपनि कृषि वस्तु उत्पादन गर्ने किसानले आफुले उत्पादन गरेको वस्तुको उचित मुल्य नपाइरहेको अवस्थामा हाटबजार संचालन हुनु सुखद कुरा रहेको बताउनुभयो ।

यस्तै उपाध्यक्ष पिमा वलि खड्काले उत्पादनको सवालमा २ नम्बर वडा अगाडी रहेको र त्यहाँ पशु तथा तरकारीको राम्रो सम्भावना रहेकाले पनि हाट बजारलाइ ब्यबस्थित तवरले अगाडी लैजानुपर्ने उल्लेख गर्नुभयो । कुनैपनि कुराको सुरुवात आफैमा ठुलो कुरा नभइ त्यसको ब्यबस्थित निरंतरतानै प्रमुख कुरा रहने उपाध्यक्ष खड्काको भनाइ थियो ।


कार्यक्रममै वडा न.२ का वडा अध्यक्ष डम्बर खत्रीले हाटबजार संचालन बाट वडा न.२ का कृषकहरुले थोरै कृषि उपभोग्य वस्तु खरीद गर्न उरहरी जस्पुर तुलसीपुर धाउनुपर्ने समस्याको अन्त्य हुने बिस्वास ब्यक्त गर्नुभयो ।

२ नम्बर वडाका किसानले उत्पादन गरेका वस्तुको यहाँकै किसानले खरीद गर्न पाउने अवस्थाको सिर्जना गर्न पनि आफुहरु हाटबजार संचालन गर्ने लक्ष्य तर्फ उन्मुख भएको अध्यक्ष खत्रीले बताउनुभयो ।

हाट बजार उद्घाटन राजाकोट कृषि सहकारी सस्थाकी अध्यक्ष बिष्णु गौतमको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको विशिस्ट आथित्यतामा हाटबजारको उद्घाटन गरीएको हो । आज पहिलो दिन हाटबजारमा ७७ हजारको कारोबार भएको राजाकोट कृषि सहकारीका उपाध्यक्ष चक्रमिलम बिस्वकर्माले बताउनुभयो ।

कृषि उपज तथा हाड्बजारको उदेस्यमाथि समाजसेवी युवा अर्जुन केसीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष चक्रमिलन बिश्वकर्माले गर्नुभएको थियो ।