लुम्बिनीका १३ अस्पतालमा अध्यक्ष मनोनित, राप्ती प्रादेशिकमा शाह

तुलसीपुर, २४ कात्तिक । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा दिपक शाहलाई मनोनित गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको विहीबारको मन्त्री स्तरीय बैठकले शाहलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गर्ने निणर्य गरेको हो । बबई गाउँपालिका ४ निवासी शाह लामो समय शिक्षा क्षेत्रमा काम गरेका ब्यक्ती हुन् ।


यो संगै १३ वटा अस्पतालको अध्यक्ष टुंगो लगाईएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ, प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ ।

त्यस्तै कपिलबस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनित गरिएको हो ।