बिच्छीको टोकाइबाट एक बालिकाको मृत्यु

दाङ, १३ असार ।
राजपुरको सुनपत्थरी नाकामा बिच्छीको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरी नाका स्थित भित्री खोलाको एक बालिकाको बिच्छीको टोकाईबाट मृत्यु भएको हाे।


युगबोध आधारभूत विद्यालय, सुनपत्थरी नाकाकोे कक्षा ३ मा अध्ययनरत अन्दाजी ११ लक्ष्मी गिरी(रितु) गत बुधबार बिहान ९ बजे तिर विद्यालय जाने तयारीमा घरमा विद्यालय पोशाक लगाउँदै गर्दा शरीरको काेखामा बिच्छीले टोकेकाे उक्त विद्यालयका वि.व्य.स. अध्यक्ष गोरे बहादुर जिएमले बताउनुभयाे ।

अध्यक्षका अनुसार गिरिलाई उपचारको लागि भारतको सिरसिया सामुदायीक अस्पतालमा पुर्‍याइएकाे थियो। प्रारम्भिक उपचार पछि थप उपचारको लागि भिँगा सामुदायीक अस्पतालमा रिफर गरिएको थियो र उपचारको क्रममा मृत्यु भएको हाे । मृतकको शव पोस्टमार्टम गरी घर ल्याउँदै गरेको पारिवारिक स्रोतले जनाएको छ ।