बिजौरी हुँदै होलेरी – दहवन जोड्ने सडकको अवलोकन

तुलसीपुर, १३ कार्तिक ।
दाङको बिजौरी हुदैँ रोल्पा होलेरी–दहबन जोड्ने सडक–खण्डमा पर्ने रानीवास स्थित ग्वारखोलाको अवलोकन गरिएको छ । आइतवार बिजौरी उद्योग वाणिज्य सघंको नेतृत्वमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, इन्जिनियर पवन योगी, तुलसीपुर १९ का वडाध्यक्ष प्रेमनाथ योगी, रुण्टीगढी गाँउपालिकाका अध्यक्ष जनक पुन,विभिन्न राजनितिकदलका अध्यक्ष तथा प्रतिनिधिहरु लगाएतको टोलीले दाङ र रोल्पाको सिमानामा पर्ने रानीवास क्षेत्रको ग्वारखोलामा पुगेर अवलोकन गरेको हो । रुन्टीगढी गाँउपालिका वडा नं.६ र ८ जोड्ने उक्त क्षेत्रमा पुल नबन्दा त्यहाँका स्थानीयवासीले वर्षौ देखि सास्ती खेप्ती आएका छन । उनीहरुले जोखिम मोलेर बा¥है महिना खोला वारपार गर्ने गर्दछन ।

अवलोकनमा पुगेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले दाङ र रोल्पाको सिमानामा रहेको ग्वारखोला ऐतिहासिक खोला भएकोले यस ठाउँमा पुलको अत्यन्तै आवश्यक रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिका र रुण्टीगढी गाउँपालिका लुम्बिनी प्रदेशको कार्यक्षेत्र भित्र पर्ने भएकोले यी दुई पालिकाहरुले यस क्षेत्रलाई प्राथमितामा राखेर विकास निमार्णमा जोड दिनुपर्ने बताए । यो क्षेत्रमा कृर्षिमा बढी सम्भाव्यता रहेको बताउँदै उपाध्यक्ष केसीले कृर्षि उपजको हिसावले रणनितिक सडक बनाउने र दुई जिल्लाको अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास दिलाए ।

उनले तुलसीपुर र रुण्टीगढी गाँउपालिकाको नेतृत्वमा प्रदेश योजना आयोगले ग्वारखोलामा बेलिब्रिज निमार्णका लागि पुर्णरुपले पहल गर्ने र आउँदो आर्थिक वर्षका लागि पुर्ण बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरको विकास र समृद्धिका लागि बिजौरी हुदैँ होलेरी दहवन जोड्ने बाटो बाहेक अन्य विकल्प नरहेको बताए । ‘द्धण्द्धपछि बिजौरी बजारमा विकासले फड्को मार्न नसकेको अवस्था थियो,त्यसमा विभिन्न असरहरु थिए,नगरप्रमुख खड्काले भने,‘द्धण्द्ध सकिएर शान्ति प्रक्रियामा गइसकेपछि बिजौरी बजारले आफुलाई आत्मनिर्भर बनाउने प्रयास बनाउने कोशिस गरिरहेको छ,तर त्यसका निम्ती जोडिने चिजहरु कृर्षि,गैरकृर्षि क्षेत्र र सडकको विकास नभईकन यो बजार समृद्ध र आत्मनिर्भर बन्न सक्दैन ।’ उनले बिजौरी हुदैँ दहबनसम्मको सडकलाई स्त्तरोउन्नतीका लागि मेटमणी चौधरी र सिता गुरुङ् सहरीमन्त्री हुदाँ इस्टेमेट पेश गरेपनि सिलिङ् पर्न नसकेको बताए । ‘दुई अन्तर पालिका जोड्नका निम्ती प्रदेशको भुमिका प्रमुख हुन्छ भने अन्तर जिल्ला जोड्नका निम्ती सघंको भुमिका प्रमुख हुन्छ तर सघंले यसपटकको बजेटमा कतै सम्बोधन नगर्दा समस्या भएको छ,‘नगरप्रमुख खड्काले भने ।’ उनले यसपटक बजेटको सुनिश्चिता गर्न ढिलाई हुने भएकोले प्रदेश सरकारको पहलमा बेलिबिज्र निमार्ण गर्ने तयारी थालेको बताए ।

त्यस्तै रुण्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले स्थानीयवासीको लागि समस्या बनेको यो बाटो केही राजनितिक पार्टीहरुका लागि चुनावी नारा मात्र बनेको तर्क गरे । उनले रानीवासमा पुल निमार्णका लागि धेरै प्रयास भएको र आफुहरु मन्त्रालयमै पुगेर पटक–पटक माग गरेपनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । ‘हामीले वर्षेनी ग्वारखोलामा पुल बन्नुपर्छ भनेर माग गरिरहेका छौँ तर यहाँका केही ठुला नेताहरुले हाइड्यामको परिकल्पना गरि बजेट बिनियोजन गर्दा पुल बन्न सकेको छैन,‘उनले भने ।’ उनले रानीवासमा पुल निमार्ण गर्नका लागि ६ करोडको लागतमा डिपिआर भैसकेको भएपनि काम हुन नसकेको बताए ।

यस सडकखण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी–८ र ६ को रानीवास क्षेत्रको ग्वारखोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको र मुख्यमन्त्रीले आगामी वर्ष बजेट बिनियोजन गर्ने आश्वासन दिएको अध्यक्ष पुनले बताए । बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले रुण्टीगढी गाउँपालिका अध्यक्ष ओमराज बस्नेतले बिजौरी दहबन जोड्ने सडक रुण्टीगढीबासीका लागि घाँटीमा पासो लगाएर जस्तै भएको र यसबाट मुक्ती पाउन नसकेको गुनासो गरे ।

‘केन्द्रिय स्तर देखि स्थानीय स्तरसम्मका जनप्रतिनिधिहरु जो आएपनि फोटो भिडियो खिचेर लैजाने गर्नुहुन्छ तर यसको स्तरउन्नतिको लागि कुनै सरकारबाट पहल भएन,यो बाटो मजाक जस्तै बनेको छ, उनले भने,‘हामीले कहिलेसम्म सास्ती खेप्ने रु बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।